सप्तरीमा जंगली हात्तीको आतंक



सप्तरी: सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका-२ स्थित रामटोलमा गए राति जंगली हात्तीले ४ घरमा तोडफोड गरेका छन् ।

हात्ती गाउँमा प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घरमा तोडफोड गरेका हुन् ।

पूर्व-पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अवस्थित रामटोलमा हात्तीको समूहले घर तोडाफोड गरी धान, गहुँ, चामल, दाललगायतका खाद्यान्न खाएर ५ लाख बराबरको क्षति गरेको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिएका छन् ।

लकडाउनले बेरोजगार भइ आयस्रोत बन्द भएका बेला हात्ती आतंकले जीवनयापन कष्टकर बनाएको पीडितको भनाई छ । खानाका साथै घर तोडफोडपछि आवासको पनि चिन्ता थपिएको उनीहरुको भनाई छ ।

हात्ती आतंक रोकथाम तथा नियन्त्रणतर्फ सम्बन्धित निकायको चासो नरहेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्