कम्प्युटर चोरी



दैलेख: भैरव आधारभूत विद्यालय, दुल्लुको कक्षाकोठामा रहेका चार कम्प्युटर मङ्गलबार राती चोरी भएको छ ।

दुल्लु नगरपालिका-११, तोरायाँ लामागडास्थित सो विद्यालयको कम्प्युटर चोरी भएको छ । प्रहरीले दोषी खोजिरहेको जनाइएको छ ।

विद्यालयका प्रधान अध्यापक यामबहादुर थापा मगरले करीब ४ वर्षअघि ल्याई पठनपाठन गर्न प्रयोग गरिएका ती कम्प्युटर, फर्निचर आदि गरी करीब चार लाख बराबरको चोरी भएको बताए । अभियुक्तको खोजी भइरहेको प्रहरी हवल्दार वसन्त श्रेष्ठले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्