श्रम मन्त्रालयको साढे १४ लाख कोरोना नियन्त्रण कोषमा



काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १४ लाख ५१ हजार ९६७ दाखिला गरेको छ ।

मन्त्रालय तथा मातहतका पाँच निकायका सबै तहका कर्मचारीको तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

सचिव र सहसचिवको ७ दिन, उपसचिव र शाखा अधिकृतको ५ दिन र अन्य कर्मचारीको ३ दिनको तलब रकम जम्मा गरिएको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्