प्रदेश २ मा ५ हजार ३५३ जनाको आरडीटी परीक्षण, १० जनाको पोजेटिभ,५ हजार ३४३ को नेगेटिभ



जनकपुरधाम: प्रदेश २ का ८ वटै जिल्लामा बिहीबारसम्म ५ हजार ३ सय ५३ जनाको आरडीटी परीक्षण गरिएको छ । त्यसमध्ये १० जनाको रिजल्ट पोजेटिभ आएको छ भने ५ हजार ३ सय ४३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

कोरोनाभाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेष्ट अन्तर्गत सप्तरी जिल्लामा अहिलेसम्म १ हजार ४९ जना,सिरहामा ३ सय ४७ जना,सर्लाहीमा १ सय ७० जना,धनुषामा ४ सय ९५,महोत्तरीमा १ सय ७८ जना,रौतहटमा ५ सय ६२,बारामा १ सय ५४ जना र पर्सामा २ हजार ३ सय ९८ जनाको आरडीटी परीक्षण गरिएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा.रामप्रसाद घिमिरे परीक्षणका लागि प्रदेशका ८ वटै जिल्लामा काठमाडौंबाट आएको ६ वटा टिम, जनकपुरबाट २ वटा टिमसहित सम्बन्धित जिल्लामा रहेका जनशक्तिलाईसमेत परिचालन गरिएको छ ।

टोलीमा मेडिकल डाक्टर, जनस्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनको प्रतिनिधि र ल्याब टेक्निसियनहरु रहेको सचिव घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्