विकल्प विना वन फडानी नगर्न सरकारलाई पशुपतिशमशेरको सुझाव



काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले निजगढ अन्तराष्ट्रिय विमानस्थल वरपर वन कटान गर्न लागेको भन्दै सरकारको आलोचना गरेका छन् ।

 

अध्यक्ष राणाले निजगढमा अन्तराष्ट्रिय विमानस्थल आवश्यक रहेपनि विनाविकल्प वन फडानी नगर्न सरकारलाई सुझाव दिएका छन् ।

 

दसैं, तिहार, छठलगायतका चाडपर्वको अवसर पारेर राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले निजगढ अन्तराष्ट्रिय विमानस्थल वरपरको लाखौं रुख कटान गर्ने हो भने सरकारले चुरेको माथिल्लो क्षेत्रमा वृक्षारोपण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

 

वन फडानीबाट अति प्रभावित स्थानीयलाई विमानस्थल बनेपछि त्यस वरपरनै बस्ने व्यवस्था सरकारले मिलाउनु पर्ने उनले बताए । कार्यक्रममा बोल्दै पूर्व उपराष्ट्रपति परमानन्द झाले वृद्धवृद्धाहरुलाई आवश्यक सेवा, सुविधा उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्