छुवाछूतको आरोपमा पक्राउ परेका कार्यकर्ता छुटाउन विज्ञप्ति जारी



पोखरा : जातीय विभेद तथा छुवाछूत मुद्दामा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता छुटाउन बहालवाला प्रदेश सांसदले विज्ञप्ति जारी गरेको छ।

कास्की प्रहरीले गत सोमबार पोखरा महानगरपालिका वडा नं १६ का राम जिसी र जनक थापालाई जातीय विभेद तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ अन्तर्गत किटानी जाहेरीका आधारमा पक्राउ गरेको थियो ।

यता जातीय विभेद गरेको किटानी जाहेरीका आधारमा पक्राउ परेका व्यक्तिलाई छुटाउन नेकपा कास्कीका अध्यक्ष तथा प्रदेश सांसद कृष्णबहादुर थापाले विज्ञप्ति नै जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्