मुख्यमन्त्री राउतद्वारा स्मृति उद्यानको शिलान्यास



जनकपुरधाम: प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले श्री नं २८ बाहिनी अड्डा बाराको जितपुरमा ‘एकीकरण स्मृति उद्यान’ को आज शिलान्यास गररेका छन् ।

नेपाली सेनाको इतिहास प्रवद्र्धनमा सहयोग पुर्यााउँदै राष्ट्रिय एकतालाई टेवा पुर्याउन र नेपालको एकीकरण अभियानमा मधेशवासीको योगदान झल्काउने खालको सो स्मृति उद्यान निर्माण हुने मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी गराए ।

सो अवसरमा भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल, प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झालगायतको उपस्थिति थियो । सामाजिक दूरी कायम गरी सो कार्यक्रम सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्