वीरगन्जमा कोभिड अस्पताल सञ्चालनमा हुने



वीरगन्ज– पर्साको नारायणी अस्पतालको सम्पूर्ण उपचार सेवा नियमित रुपमा सचालनमा हुने पक्का भएको छ । यसअघि संघीय सरकारले अस्पतालको सम्पूर्ण सेवा बन्द गरी कोभिड १९ को लागि विशेष अस्पतालमा परिणत गरेको थियो ।

प्रमुख राजनितिक दल, चिकित्सक संघ तथा वीरगन्ज महानगरपालिकाको अथक प्रयास पछि वीरगन्जको नारायणी अस्पतालको सम्पूर्ण उपचार सेवा नियमित रुपमा सचालनमा हुने पक्का भएको छ । यसअघि संघ सरकारले अस्पतालको सम्पूर्ण सेवा बन्द गरी कोभिड १९ को लागि विशेष अस्पतालमा परिणत गरेको थियो ।

चौतर्फी विरोध तथा महानगरपालिकाको अथक प्रयास पछि अन्तत नारायणी अस्पतालको सम्पूर्ण सेवा सुचारु गराउने र वीरगन्जको गण्डक अस्पतालमा कोभिड १९ अस्पताल संचालनमा आउने पक्का भएको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले पठाएको विज्ञ टोली, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि तथा वीरगन्ज महानगरपालिका बीचमा शनिवार भएको बैठकले गण्डक अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउने निर्णय समेत भएको छ ।

नारायणी अस्पतालको प्राविधिक वयवस्थापकीय नेतृत्वमा महानगरपालिकाको संयोजनमा गण्डक अस्पतालको पूर्वाधार प्रयोग गर्ने कुरामा नेपाल सरकारले वीरगन्जमै आएर निर्णय लिएको महानगरप्रमुख विजय कुमार सरावगीले बताए । यो निर्णयसँगै अब नारायणी अस्पतालको सम्पूर्ण सेवा सञ्चालनमा आउने छ ।

गण्डक अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट समस्यामा परेका बिरामीको उपचार हुने पक्का भएको छ । नारायणी अस्पतालको प्राविधिक व्यवस्थापन, जनशक्तिको नेतृत्वमा नेशनल मेडिकल र महानगरका पच्चीस पच्चीस प्रतिशत जनशक्ति परिचालन गरि वीरगन्ज महनगरपालिकाको संयोजनमा अस्पताल सञ्चालन हुने कार्यविधि तय भएको छ ।

यो सँगै वीरगन्ज महानगरपालिकालको २ सय वेड क्षमताको आइसोलेशन सेन्टरको स्थापना गर्ने निर्णय पनि भएको छ । वीरगन्ज महानगरपालिकाले सर्वपपक्षीय बैठक आयोजना गरि सबैको समन्वयमा महानगर प्रमुखकको संयोजकत्वमा कोरोना १९ प्रतिकार्य तयारी समिति गठन गरेर काम गर्ने निर्णय समेत भएको छ ।

नारायणी अस्पतालको सम्पूर्ण सेवा बन्द हुँदा पर्सा, बारा, रौतहट र सर्लाहीका विरामीहरु मर्कामा परेका थिए । चर्को मुल्य तिरेर निजि अस्पतालमा उपचार गराउँन बाध्य भएपनि गुणस्तरीय सेवा नपाउँदा स्थानियले ठगिने समेत गरेको गुनासो बढेको थियो ।

समान्य विरामीलाई निजि अस्पतालले विभिन्न चेकजाँच, एक्सरे, भिडियो एक्सरे लगायतको अनाश्वयक चेकजाँचको नाममा बिल बढाउँने काम गरेर ठग्ने गरेको जनगुनासो नै बढेको थियो । तर सरकारी अस्पतालमा निशुल्क उपचार गराउँने आउँने गरिब जनता बढी मारमा पर्न थालेपछि चौतर्फी नै विरोध शुरु भएको थियो ।

नेपाली काँग्रेस, नेकपा, जसपा, नेपाल चिकित्सक संघ लगायतका विभिन्न राजनितिक दल तथा संघ संगठनले संघ तथा प्रदेश सरकारको विरोधमै उत्रेका थिए । नेपाली काँग्रेस पर्साले नारायणी अस्पताल अगाडि सयौं नेता कार्याकर्ताको सहभागितामा विरोध प्रर्दशन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्