कैलालीमा भोलिदेखि लकडाउनको स्वरूप फेरिने



कैलाली : जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीले भोलीदेखि लकडाउनको स्वरूप फेर्ने निर्णय गरेको छ।

आज प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा बसेको बैठकले २४ वैशाखमा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गर्दै लकडाउनको स्वरूप फेर्ने निर्णय गरेको हो।

अब औषधि, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा विक्री वितरण, खाद्यवस्तु लगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण गर्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस्