रुखमा झुण्डिएको अवस्थामा युवकको शव फेला



जनकपुरधाम– धनुषामा रुखमा झुण्डिएको अबस्थामा एक युवकको शव फेला परेको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर–३ बस्ने चलितर गडेरीका अन्दाजी २७ बर्षिय छोरा सोगारथ गडेरी रुखमा झुण्डिएको अबस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय तारापट्टीले जनाएको छ ।

स्थानीय ओलार गाछीमा आज (आईतबार) दिउँसो सो युवक मृत फेला परेको ईलाका प्रहरी कार्यालय तारापट्टीका इन्चार्ज प्रहरी सहायक निरीक्षक चौधरी यादवले जानकारी दिए । स्थानीय एक व्यक्तिले आईतबार दिउँसो करिव साढे २ बजे युवकको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्