चार युगपुरुषका पूर्णकदको शालिक स्थापना



हेटौंडा : हेटौंडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकको परिसरभित्र प्रजातान्त्रिक आन्दोलनका चार युगपुरुषका ढलोटको पूर्णकदको शालिक स्थापना गरिएको छ । 

परिसरभित्र प्रजातान्त्रिक तथा बाम आन्दोलनका नेताहरु स्व. विशेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको राष्ट्रिय पोशाकसहितको शालिक स्थापना गरिएको शहीद स्मारक विकास समितिले जनाएको छ । 

ती शालिकका लागि सहरी विकास विभागले ७२ लाख रुपैयाँ उपलब्ध गराएको उक्त समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताए । उक्त स्मारकको परिसरमा निर्माण गरिएको प्रजातान्त्रिक पार्कलाई थप व्यवस्थित बनाइ सञ्चालन गर्न उक्त समितिले पनि ७० लाख रुपैयाँ खर्च गरिसकेको र करीब ९० प्रतिशत निर्माण पूरा भइसकेको उनले जानकारी दिए । 

विगत २८ वर्षअघि तत्कालीन हेटौंडा नगरपालिकाकाका प्रमुख डोरमणि पौडेलको सक्रियतामा स्थानीय नवलपुरमा शहीद स्मारक निर्माण गरिएको थियो । उक्त समितिका अध्यक्षसमेत रहेका प्रदेश ३ का मुख्यमन्त्री पौडेलले केही हप्ताभित्रै युग पुरुषका शालिक अनावरण गर्ने तयारी भइरहेकोे जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्