मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक जना घाइते



सुखड: कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर सडकको छेउको पोलमा ठोक्किएर एक जनाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका वडा १ का ५० वर्षिय धिरेन्द्र शाहीकोे दुर्घटनामा मृत्यु भएको हो । जिल्लाको गौरीगंगा नगरपालिका वडा नं.६ बनबेहडामा, पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आईरहेको सु.प.प्र.०२-००३प.३३२७ नं.को मोटरसाइकल दुर्घटनामा परि शाहीकोे मृत्यु भएको हो ।

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा सवार घोडाघोडी नगरपालिका वडा नं.१ का १५ वर्षीय माईकल शाहीको सेती अस्पतालमा उपचार भईरहेका छ ।

प्रतिक्रिया दिनुहोस्