नेविसंघद्वारा सरकारको ध्यानकर्षण



काठमाडौं: कालापानी लगायतका भू-भागहरु आफ्नो नक्सामा राखी भारतले प्रकाशित गर्दा नेपाल सरकारले राष्ट्रियताको पक्षमा दृढ नलिई भारतको सामू लम्पसार परेको नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अरोप लगाएको छ ।

यो स्थिति सुजना भएको भन्दै सरकारलाई खबरदारी तथा विशेष ध्यानकर्षण गराउँदै संघले भारतले नेपाली भूमिमा भारतिय राजमार्ग नै निर्माण गरी सकेपछि पनि राष्ट्रियाताको पक्षमा दृढ अडान लिई भारतलाई गल्ती सच्चाउन बाध्य बनाउनुको सट्टा उल्टै राष्ट्रियताको रक्षाको निम्ती सडकमा आएका नेपाली जनतामाथि निर्मम दमन गरी सरकारले भारतलाई नै रिझाउनु खेद जनक रहेको संघको ठहर छ ।

सरकारले सत्ता जोगाउन भारत सामू लम्पसार परेको भन्दै त्यसको भत्सना गर्दै सरकारको प्रवृतिको कारण भारतले सजिलै नेपाली भूमि अतिक्रमण गरेकोले भारत तुरुन्त त्यहाँबाट फिर्ता हुनुपर्ने भनेको छ ।

सरकारी उच्चस्तरीय राजनितिक तथा कुटनितिक पहल गर्ने तथा सबै खाले दवाव श्रृजना गरी भारतलाई गल्ती सच्याउन बाध्य बनाउनुपर्ने माग संघको छ । सन् २०१५ मा वेइजिङमा भारत र चिनले गरेको सहमति घोर अपत्तिजनक रहेको भन्दै उक्त सहमति खारेज गर्न मागसमेत गरेको छ ।

सरकारलाई यस संकटको घडीमा अत्यन्त गम्भीरता एवं तदारुकताका साथ भूमिका निभानुपर्ने भन्दै राष्ट्रियताको पक्षमा दृढ अडान लिन नेविसंघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्