प्रधानमन्त्री मोदीले ‘आत्मनिर्भर भारत’ का लागि घोषणा गरे २० लाख करोडको आर्थिक प्याकेज



एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘आत्मनिर्भर भारत’ का लागि २० लाख करोड भारुको आर्थिक प्याकेज घोषणा गरेका छन् ।

उनले मंगलबार देशको नाममा विशेष सम्बोधन गर्दै कोरोना भाइरसबाट देश आक्रान्त बनेको समयमा भारतलाई आत्मनिर्भर बनाउनको लागि उक्त प्याकेजको घोषणा गरेका हुन् ।

उनले यो प्याकेज भारतको जीडीपीका करिब १० प्रतिशत भएको जानकारी समेत दिएका छन् ।

मोदीले भने, ‘हालै सरकारले कोरोना संकटबाट जुधिरहेको समयमा घोषणा गरिएको आर्थिक प्याकेज रिजर्भ बैंकको फैसला थियो भने यो आर्थिक प्याकेज समेत जोड्दा करिब २० लाख करोड हुन आउँछ । यो प्याकेज भारतको जीडीपीको करिब १० प्रतिशत हो ।’

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनको शुरुवातमा भनेका छन्, ‘सबै देशबासीलाई आदर पूर्वक नमस्कार १ अहिले विश्व कोरोना संंक्रमणसँग जुधिरहेको करिब चार महिनाभन्दा बढी भइसकेको छ । साथीहरु, एउटा भाइरसले दुनियाँलाई तहस–नहस बनाइदिएको छ । विश्वभर करोडौं मानिसहरुको जीन्दगी संकटमा गुज्रिरहेको छ । विश्व नै जीन्दगी बचाउने लडाईंमा जुटिरहेको छ ।’

हिजो मात्रै प्रधानमन्त्री मोदीले सबै राज्यका मुख्यमन्त्रीहरुको साथमा छ घण्टा लामो बैठक गरेका थिए । उनले लकडाउन सकिएपछि पनि पुनः बढाउने इच्छा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्