गर्लफ्रेन्ड सम्वन्धी विवादमा गोरेको हत्या



पोखरा: ‘भ्यालेन्टाइन डे’ को अघिल्लो दिन केटीको विषयमा उत्पन्न विवादले ‘इगो’ लिँदा पोखरामा १४ वर्षीय एक किशोरको घाँटी रेटी हत्या भएको छ । हत्या हुनेमा पाल्पा जिल्ला रम्भापानी गाउँपालिका घर भई हाल पोखरा लेकसाइड शान्तिनगर बस्ने गोरे भनिने सचिन सिंजाली रहेका छन् ।

प्रहरीले घटनाको १० घण्टा नबित्दै हत्यारा अभियुक्त सार्वजनिक गरेसँगै सो घटनाको रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले सो घटनामा संलग्न रहेको अभियोगमा मुख्य अभियुक्त पर्वत जिल्ला मल्लाज घर भई हाल पोखरा बस्ने २१ वर्षीय कुमार गर्बुजालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार कुमार गर्बुजाले आफ्नो गर्लफ्रेन्ड भनिएकी १५ वर्षीया सुनिता गुरुङसँग सचिनले बिहेको कुरा गरेको र सो कुरा थाहा पाई कुमारले प्रतिशोधमा ‘केही गरेर देखाउँछु’ भन्ने सोची जघन्य हत्याको बाटो रोजेको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्