‘कोरोनाले ढाकेको उनको अनुहार’



प्रिय अपरिचित पात्र
सादर प्रणाम तथा न्यानो सम्झना
पत्रमा के लेखु भनेर हरेक पल तड्पि रहे तिम्रो आकृतिलाई सम्झि–सम्झि मैले कयौ थान कापिलाई सहिद तुल्याए, केहि पानालाई डष्टविन मा कोच्न नसकेर मेरो कोठामै खुल्ला रुपमा पन्छि सरि पंखाको चिसो हावासंगै बाढुलि मार्न दिए ।
मैले लेख्दै गर्दा यो कुन कापिको कतियौ पाना हो भन्ने आंकलन म सहजै गर्न सक्ने अवस्थामा भने छदै छैन् । हैट .. ! म पनि तिमिलाई किन यि कुराहरु सुनाउदै छु क्यारे ..!
साच्चै तिमि यदि यो चिठ्ठि आकल-झुकलमा पढ्न पुगे छौ भने तिमिले मलाई चिन्न धेरै कठिन हुने छ । तिमि अन्तिम हरफ पढेर मलाई खोज्ने प्रयत्न त गर्ने छौ तर म भने फेला पर्दिन होला । तिम्रो शंकालाई थप शंकास्पद बनाउन र तिम्रो त्यो मस्तिष्कमा केहि थान आकृति श्रृजना गर्न त सकुला तर त्यो मेरै आकृति हुन्छ भन्ने मलाई लाग्दैन । किनभने तिम्रो र हाम्रो भेटको प्रसंग फरक छ , आश्चर्यजनक छ ।

त्यो दिन पारिलो घामको बिच टिचिङ्गको ओ.पि.डि अगाडि लाइन लाग्न टोकनको लागि भैतारिदै गर्दा म तिमलाई ठोक्किन पुगेको तिमि सम्झिन्छौ या सम्झिन्नौ खै ..? तर त्यो तिम्रो टोकन झर्दा तिमि वास्तै नगरि अलिक रिसालु पारामा फनक्क फर्केर जाँदा त्यो टोकनले मलाई धेरै नै मद्दत गरेको थियो । एक्छिन त लाग्यो तिमि भगवान बनि आएर मलाई त्यो टिकट दिएर एक्कै छिनमा चरि सरि फुर्र उडेर अर्कै लोक पुग्यौं होला ..! कस्तो अचम्म, त्यो दिन म तिम्रो अनुहार हेर्न आतुर थिए , तिमिलाई खोज्न कुन वाड् सम्म पुगिन होला र ..! मेरा खुट्टा थाक्यो, साँस बारम्बार फुल्दै थियो । तिमिलाई खोज्न एमर्जे्न्सि पुगौजस्तै लाग्यो फेरि मनले प्रश्न गर्यो टोकन लिएको मान्छे कसरि एमर्जे्न्सिमा हुन्छ ? त्यसैले मैले तिमिलाई खोज्न अहिले रहेको फार्मे्सि ९९ कोठा देखि त्यो फ्लोर पुरै चाहारे, उता मेरो बिरामिको पालो पनि आउदै गर्दा मेरो दाईलाई राखेर म तिमिलाई खोज्दै कोरोनाको कहरमा पास बिना बिन्ति ढोग गर्दै एनेक्स -१, एनेक्स -२ ,एनेक्स-३ चाहार्दै गर्दा तिमिलाई फेला पार्न भने सकिन । त्यो तितो पहल बिच तिमि भेट्टिनौ भन्ने कुरा बुझ्दै म सरासर आफ्नै मान्छेको उपचारमा लागे ।

प्रोरडा. पलेश्वान जोसि (जि.आई. सर्ज्रि) कहाँ भेट्ने पालो थियो । उनकै नेतृत्वमा रहेको टिमको डा. सुप्रिया जि ले मेरो प्यासेन्टको होल हिस्ट्री बुझ्दै थप उपचारको लागि भर्ना गर्नु पर्छ भन्नु भयो । जुन फ्लोरको हरेक कुन्ना तिमिलाई खोज्न गएको थिए मेरो प्यासेन्टको भर्ना पनि एनेक्स(१ मै भएको थियो । एनेक्स(१, ५२० ’ए’ त्यो दिन औषधि किन्दा, रिपोट ल्याउदा दिन बित्यो । टिचिङ अस्पताल आफैमा पनि त्रास बिच उपचारमा भ्याइनभ्याइ डाक्टरहरु खटेको देखेर मन(मनै सलाम नै ठोके । बिरामि भर्ना पछि त्यो रात म पुर्ण टिचिङको गार्डेन अगाडि गएर करिब ८ बजे मेरो साथिसंग फोनमा गफिदै गर्दा झट्ट तिमिलाई देखे । मेरो साथिको फोनको वास्ता नगर्दै तिमिलाई पछ्याउँदै गए । तिमि एमर्जे्न्सि मुनिको ल्यावबाट रिपोट् लिदै अस्पतालको फार्मेसीमा लाईन लाग्यौ । म पनि तिमिलाई कुर्दै त्यहाँ केहि बेर बसे । तिमिले रातो कुर्थामा कालो सलसंगैको सालिन हिडाईले म थप तिम्रो आकृति हेर्न आतुर भएको थिए । केहि बेरको हिडाई बिच, तिमि त्यहाँबाट एनेक्स(१ भित्र छिर्यौ । त्यस बिच मलाई ठम्याउन गाह्रो भएन तिम्रो बिरामिको पनि सर्जरी भएको बुझे ।

प्रिय अपरिचित पात्र, मलाई थाहाँ छ तिमिले यतिन्जेल यो वाक्यसम्म पुग्दै गर्दा मनमा कौतुहलता जगाएको हुनुपर्छ । तिम्रो त्यो अनुहारको काल्पनिक आकृतिमात्र कोर्न सफल छु तर तिम्रो त्यो वास्तविक अनुहार हेर्न को निम्ति विवस पनि छु । कस्तो बेला तिमिलाई ठोकिएछु । एकातिर कोरोनाको कहर छ अर्का्तिर मानवताको अन्त्य हुने सम्भावना छ । यो यस्तो बेला छ यहाँ सम्बन्ध जोड्न होईन मानिसहरु तोड्न आतुर भएको छ । तिमि र मेरो पनि त्यहि दोधार बिच भेट भएको छ । म अहिले आत्मग्लानी गर्दै छु । त्यो दिन तिमिसंग ठोक्किदै खेरि मैले तिमिलाई त्यो टोकन फिर्ता गर्ने चेष्टा गरेको भए सायद तिम्रो र मेरो स्वभाविक भेटधाट हुन्थ्यो होला । हाम्रो मिलनले कुनै सम्बन्धको थालनि गर्थ्यो होला है ..!

प्रिय पात्र , अस्ति भर्खर कपिलवस्तुको ६ बर्षिय बालिकामा देखिएको कोरोनाले टिचिङ अस्पताल आतंकित छ । सायद तिमि यस बिच ठिक होलौ । सायद तिमिलाई मैले यो पत्र लेख्दै गर्दा पनि थुप्रै संक्रमित संख्या बढ्दै गएको हुने छ । तिमि र मेरो मिलन त सफल भएन । तिम्रो आकृति त हर्न पाईन् । यदपि तिम्रो काल्पनिक आकृति ठम्याउँदै तिम्रो आभाषको पुर्ति गरिरहेको छु । प्रिय अपरिचित पात्र तिमिले एक(नजर्मै कस्तो जादु गर्यौ कि म तिम्रो र मेरो मिलनको कपोलकल्पित सपना सजाउन थाले । यस बिच कोरोना संगै तिमि बच्नु। नियतिले चाह्यो भने हाम्रो भेटहुन् गाह्रो छैन । बस यो भावहरुले तिमिलाई प्रतक्ष छोओस् । तिम्रो मनमा गुट्मुटिएका भावहरु यसरिनै मेरो लागि प्रतिउत्तर होस् ।
तिम्रो काल्पनिक आकृति मेरो लागि मौनताको उपज हुनेछ ।

अन्ततः तिम्रो बिरामि छिट्टै निको होस् । तिम्रो त्यो वास्तविक आकृतिसंगै हाम्रो मिलन जुरोस्। सायद त्यहि कुराको संयोजनमा निस्किएका भावहरुले हामिलाई थप नयाँ उचाईमा लगोस् । सपनामै सहि यो पत्र पश्चात तिमिलाई पनि म जस्तै मेरो खोजि हुने होला भन्ने अपेक्षा राखेको छु ।

उहि
दिवाकर उप्रेती
काठमाडौं

प्रतिक्रिया दिनुहोस्