बाराको निजगढ नगरपालिका वडा नम्बर १२ सिल



वीरगंज : बाराको निजगढ नगरपालिका वडा नम्बर १२ स्थित सूर्यटोल सिल गरिएको छ। दोलखा घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका दहचोकमा बस्दै आएका ७ वर्षीय बालकमा कोरोना सङ्क्रमण पुष्टि भएसँथै सूर्यटोल सिल गरिएको हो।

सङ्क्रमित बालक एक महिना अघि नै आमासँगै निजगढ सूर्यटोलस्थित मामाघर गएका थिए। करिब एक महिना यहीं बसेर उनीहरू काठमाडौं फर्किएका थिए।

अनुसनधान गर्दै जादा उनी सो क्षेत्रमा बसेको पाइएकोले सिल गरिएको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु ढकालले बताए। उनका अनुसार त्यस बस्ने मानिसहरुको स्वाब परिक्षण गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्