हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा


तनहुँ : तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले गुरुङको हत्यामा संलग्न भएको अभियोगमा भानु नगरपालिका–५ बस्ने राजु अछामीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सोही अभियोगमा पक्राउ परेका भानु–५ का १० नाबालकलाई बन्दाबन्दी खुलेसँगै बाल सुधारगृहमा पठाउने गरी संरक्षकको जिम्मा लगाइएको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै उनीहरुलाई हाल अभिभावकको जिम्मा लगाइएको जिल्ला अदालत तनहुँ फिराद शाखाले जनाएको छ । उनीहरुलाई पछि बाल सुधारगृह कास्की पठाइनेछ ।

त्यसैगरी भानु–५ का वडाध्यक्ष प्रकाश मल्ललाई रु ५० हजार र भानु–६ का गोविन्द मगरलाई रु एक लाख धरौटी लिएर तारेखमा रिहा गर्ने आदेश भएको छ । साथै सोही अभियोगमा पक्राउ परेका तीन जनालाई भने साधारण तारेखमा रिहा गर्ने अदालतको आदेश छ ।

गुरुङको हत्या अभियोगमा मृतकका बुबा बुद्धिराजले वडाध्यक्ष मल्लसहित १६ जनाविरुद्ध गत वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गरेका थिए। वैशाख ९ गते रातिदेखि हराएका गुरुङ भानु–५ नावरुङस्थित खोल्सामा १० गते साँझ मृतावस्थामा फेला परेका थिए ।

वडाध्यक्ष मल्लले फार्ममा काम गर्दै आएका भन्सारका धनबहादुर घर्तीलाई कामबाट निकालेपछि उनले वैशाख ९ गते भान्जा पवन घर्तीलाई सामान लिनका लागि बोलाएका थिए । सामान लिन पवनसँगै उनका साथी दीपक भण्डारी, अङ्कित अधिकारी र गुरुङ पनि नावरुङ पुगेका थिए । नावरुङमा स्थानीयवासी गोविन्द थापा मगरले सञ्चालन गरेको होटलमा खाजा खाने क्रममा चर्को स्वरमा बोल्न थालेपछि स्थानीयवासी युवा र गुरुङसहितको टोलीबीच झगडा परेको थियो । सोही रातदेखि गुरुङ बेपत्ता भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । शनिबार राति धादिङ केन्द्र विन्दु भई ४.८

काठमाडौं– क्षेत्रपाटीस्थित ढल्कु क्षेत्रबाट दुई चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली युवतीलाई जिस्काएको र

वीरगन्ज– प्रदेश २ को एकमात्र महानगरपालिका वीरगन्जमा दुईदिन देखि फोहोर व्यवस्थापन नहुँदा पुरै शहर नै

जनकपुरधामः प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोरोना महामारीको यस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ७३ हजार ७ सय ८४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५३ जिल्लामा

काठमाडौं : थप १८९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८

सिरहा : सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान नगरपालिकाका

काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही

दैलेख : भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवकको मृत्यु भएको छ । दुल्लु नगरपालिका–११

काठमाडौंः कोरोना भाइरस महामारीका कारण जारी लकडाउ जेठ भर सरकारले लम्ब्याउने तयारी गरेको छ ।