देशभर हालसम्म १ लाख २४ हजार ६ सय ४ जनामा कोरोना परिक्षण, ७० जना डिस्चार्ज



काठमाडौं : देशभर अहिलेसम्म १ लाख २४ हजार ६ सय ४ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत ४२ हजार ४ सय ८८ जनाको र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत ८२ हजार १ सय १६ जना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय १९ जनाको नमूना परीक्षण भएका छन्। नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ। संक्रमितमध्ये ४ सय ३३ पुरुष र ७४ जना महिला छन्। कोरोना संक्रमण ४० जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म उपचारपछि ७० जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा २६, प्रदेश दुईमा ६, बागमतिमा ९, गण्डकीमा २, प्रदेश ५ मा २२ र सुदूरपश्चिम प्रदेशबाट ५ जना संक्रमित डिस्जार्च भएका हुन्। मुलुकभर हाल ४ सय ३३ जना आईसोलेसनमा र १७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्