क्वारेन्टिनमा भोकभोकै बस्न बाध्य


महोत्तरीः महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल माविको क्वारेन्टिनमा रहेका २५ जनाले २४ घण्टाभन्दा बढी समयदेखि भोकभोकै बसेका छन् ।

नगरपालिकाले खानाको उचीत व्यवस्थापन नगरेपछि भोकभोक बस्नुपरेको उनीहरुको गुनासो छ । भारतको चेन्नई, हरियाणा तथा चन्डिगढबाट आएर क्वारेन्टिनमा बसेका उनीहरुका लागि तातो पानी र कोठामा पंखाकोसमेत व्यवस्थापन गर्न नसकेको स्थानीयवासीको भनाइ छ ।

स्थानीयवासी गगन मण्डलले भने,“क्वारेन्टिनमा बसेको आफ्नो छोराका लागि घरबाटै खाना ल्याउने तयारी गरेको तर वडाध्यक्षले रोक लगाएपछि छोरालाई हेर्नका लागि आफू आउँदा २४ घण्टा बित्दा पनि खानाको बन्दोबस्त हुन नसकेको पाइएको छ ।”

नगरपालिका-२ का वडाध्यक्ष शेख सलामले यस सम्बन्धमा आफूले तत्कालै नगरपालिकालाई जानकारी गराउँदासमेत कुनै सुनुवाई नभएको प्रतिक्रिया दिए । भोकभोकै बसेका उनीहरुका लागि तत्काल एक छाक खानाको व्यवस्थापनमा आफू लागेको बताउँदै उनले आवश्यक सामग्रीको बन्दोबस्तका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भारतबाट नेपाली नागरिक आउने क्रममा वृद्धि भएपछि उनीहरुलाई शुक्रबारदेखि नगरपालिकाले मावि निगौलको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको थियो । हाल त्यहाँ २५ जना रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि

जनकपुरधाम– प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५६ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

काठमाडौं : सरकारले यस वर्ष पनि तीन दिन गणतन्त्र दिवस मनाउन आह्वान गरेको छ। गृह

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ४७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ४७ जिल्लामा

काठमाडौं : पूर्वी रुकुममा पहिलो पटक कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।घोराहीस्थित राप्ती स्वास्थ्य

काठमाडौं : थप ११४ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य

काठमाडौं : वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको

काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका