राष्ट्रपति भण्डारीबाट इद उल फित्रको शुभकामना



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रको अवसरमा शुभकामना दिएकी छन् ।

इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने राष्ट्रपति भण्डारीको विश्वास छ ।

इस्लाम धर्मावलम्बीले मनाउँदै आएको महान् पर्वका अवसरमा उनले शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेकी छन् ।

सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै रहेर सुरक्षित बनेर पर्व मनाउने पनि उनले विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्