विश्वको सब भन्दा गहिरो सुन खानीमा काम रोकियो



एजेन्सी– कोरोना भाइरस संक्रमणको १ सय ६४ घटना पछि दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीमा काम रोकिएको छ। पोनेन्ग संसारको सबैभन्दा गहिरो सुनको खानी हो।

एक महिना बन्द भए पछि यो खानीमा गत महिना मात्र काम शुरू भएको थयो । मार्चमा कोरोना भाइरसको संक्रमण रोक्नको लागि लकडाउन लगाइएको थियो । जसका कारण देशको सबै सुन खानीमा काम रोकियो।

पछिल्लो समय फेला परेका संक्रमितहरूमा कोरोनाको कुनै पनि लक्षण देखा परेको छैन । कम्पनी ए ब्लनय्गिलगोल्ड अशांतीका अनुसार उनीहरूलाई आइशोलेसनमा राखिएको छ ।

गत हप्ता एक जनामा कोरोना पुष्टि भएपछि ६ सय ५० कर्मचारीको कोरोना परीक्षण गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्