प्रादेशिक अस्पताल जनकपुरबाट भागेका संक्रमित सर्लाहीमा फेला



जनकपुरधामः आइतबार बिहान जनकपुरधामस्थित कोरोना विशेष अस्पतालबाट भागेका संक्रमित व्यक्ति ३७ घण्टा पछि आज सर्लाहीस्थित उनको घरबाट फेला परेका छन् ।

प्रादेशिक अस्पतालको प्राङ्गणमा अवस्थित नर्सिङ्ग कलेजमा सञ्चालित कोरोना विशेष अस्पतालबाट आइतवार विहान करिब ३ बजे आइशोलेसनको झयाल तोडेर फरार भएका ४० बर्षिय संक्रमित व्यक्तिलाई प्रहरीले खोजी गर्दै जाँदा सर्लाहीको धनकौलस्थित उनको घरबाट गिरफ्तार गरेको हो । उनलाई अहिले जनकपुर ल्याइदैछ ।

। झयाल तोडेर भागेको करिव ३७ घण्टा पछि सोमबार करिव ४ बजे संक्रमित व्यक्ति आफ्नै गृह जिल्लामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

वैशाख ३१ गते अस्पताल भर्ना भएका सर्लाहीका ४५ वर्षीय संक्रमितको मांसिक संतुलन बिग्रेको र उनी पटक पटक भाग्ने गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्