प्रकाश सपुत भन्छन् ’कुरीकुरी समाज कुरीकुरी कानुन’



काठमाडौं : अन्तरजातिय प्रेम गरेका कारण जाजरकोटा २० वर्षीय दलितयुवा नवराज विक र उनका दुई साथीको हत्या भएको छ । यो विषयलाई लिएर यतिबेला सामाजिक सञ्जालहरु तातिएको छ । दलित भएका कारण मारिएका ती यूवाप्रति दुःख व्यक्त गर्दै सर्वसाधारण तथा आफन्तले हत्याराहरु पहिचान गरि कडा सजाय दिन सरकारसँग माग गरिरहेका छन् ।

यस विषयमा नेपाली कलाकर्मीले पनि खुलेर बिरोध गरिरहेका छन् । त्यस्तै लोकप्रिय गायक प्रकाश सपुतले सामाजिक सञ्जालमा लेख्दै ‘दलित भएकै कारण, प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद रहेको बताएका छन् । साथै जातिय विभेद बारे कविता लेख्दै ती दलितयुवा नवराज विक प्रति समपर्ण गरेका छन् ।

उनी लेख्छन् – सरकार !
खुकुरी उदाएर निस्किएकै हो !
जान्छु देशको सिमानामा र थापिन्छु !
कि काट्छु कि काटिन्छु भनेर !
तर रुकुम पुगेर रोकिए !
सरकार !
त्यहा त झन कत्रो ठुलो पर्खाल रैछ नि ?
जातिए विभेदको !
वर्गिय विभेदको !
सिमाना भित्रैका यि पर्खालहरु भत्काउदा भत्काउदै
देशको सिमानामा पुग्न ढिलो भए भने
म राष्ट्रवादी मानिन्छुकि मानिन्न सरकार ?
देशभक्त मानिन्छु कि मानिन्न ?
सरकार !
उत्तर दिईहाल्नु भयो भने
यसको उत्तर पनि दिनु होला ।
म एक स्वाभिमानी नेपाली
यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?
(नवराज तिमी संगै हाम्रो आत्मसम्मानको पनि मृत्यु भएको छ । )
हार्दिक श्रद्धांजलि दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद छ ! सारै दुखद छ । ‘‘कुरी (कुरी समाज, कुरी कुरी कानुन !’’

प्रतिक्रिया दिनुहोस्