देशभर हालसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना परिक्षण



काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत ५४ हजार ४ सय २४ जनाको र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत ९७ हजार ९ सय ६७ जना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा हजार ७ सय ८२ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ। जसमध्ये १ सय ५५ जना उपचारपछि डिस्जार्च भएको मन्त्रालयले जनाएको छ। हाल ५ सय ८२ जना अस्पतालको आइसोलेसनमा र ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्