‘विकास र समृद्धिको चाहना पूरा हुने बिन्दुमा हामी छौं’



काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको दशकौं देखिको विकास र समृद्धिको चाहना पूरा हुने विन्दुमा आइपुगेको बताएका छन् । ६९ औं प्रजातन्त्र दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।  

उनले वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको बताएका छन् । ‘निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्दै हामी अब गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासकाविरुद्ध केन्द्रित भएका छौं’ प्रधानमन्त्रीकोसन्देशमा भनिएको छ–‘हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौं ।’

 २००७ साल फागुन ७ गते आजकै दिन जहाँनिया राणा शासनको अन्त्य भएको स्मरण गर्दै उनले प्रजातन्त्र प्राप्तिको शहादत प्राप्त गर्ने सबैमा श्रद्धान्जलि व्यक्त गरेका छन् । जनताको त्यही बलिदानका कारण देश अहिले नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यासमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्