चार दिनअघि अन्त्येष्टि गरिएका युवकमा कोरोना पोजेटिभ



काठमाडौं- अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ का एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट घर फर्कंदै गर्दा कपिलवस्तुको सीमा नजिकै बाटोमै मृत्यु भएको थियो ।

ती युवामा आज कोरोना संक्रमण पोजेटिभ आएको भएपनि युवकको शव भने ४ दिनअघि नै अन्त्येष्टि गरिसकिएको छ । घर फर्कने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्