सर्लाहीको दशगजा क्षेत्रमा हवाई फायर



सर्लाही : भारतीय नागरिकले सीमा सुरक्षार्थमा खटिएका सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडीस्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जना भारतीय नागरिकको समूह नेपाल प्रवेश गर्न खोजेको थियो ।

सो समूहले जरबजस्ती सीमा सुरक्षार्थमा खटिएका प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि एक राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र स्थिति सामान्य बनेको सशस्त्र प्रहरीले जनाएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्