देशभर हालसम्म १ लाख ८१ हजार ४ सय ८३ जनामा कोरोना परिक्षण



काठमाडौं : देशभर अहिलेसम्म १ लाख ८१ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत ६९ हजार ५ सय ८२ जनाको र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत १ लाख ११ लाख ९ सय १ जना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५३ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

गएको २४ घण्टामा थप १६६ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ। जसमध्ये २ सय २० जना उपचारपछि डिस्जार्च भएका छन्। मृतकको संख्या ८ पुगेको छ।

देशभर हाल १ हजार ३ सय ४९ जना अस्पतालको आईसोलेनमा छन् भने १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा छन्।

प्रतिक्रिया दिनुहोस्