कोरोना संक्रमण उच्च रहेका १०० देशको सूचीमा नेपाल पनि



काठमाडौं : नेपालमा एक दिनमा १०० जना भन्दा बढी संक्रमित भेटिएको लगातार आज पाँचौ दिन भएको छ। आज मात्र १६६ जना संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या एक हजार ५६७ जना पुगेका छन्।

यसरी पाँच दिनमै संक्रमित दोब्बर भएसँगै नेपाल संक्रमण उच्च रहेका १०० देशको सूचिमा परेको छ। वर्ल्डोमिटर डट इन्फोले २१५ देशमध्ये नेपाल ९९औं सूचिमा पुगेको छ। आज १६६ जना नयाँ संक्रमित भेटिएसँगै नेपाल संक्रमण उच्च भएका १०० देशको सूचिमा पुगेको हो।

नेपालभन्दा पछि १००औं स्थानमा स्लोभाकिया (संक्रमित एक हजार ५२१) छ। दक्षिण एशियाका भुटानबाहेकका सबै सात देश यो सूचिमा छन्।

सबैभन्दा बढी संक्रमित अमेरिकामा १८ लाख १७ हजार छन् भने छिमेकी भारत एक लाख ८२ हजार भन्दा बढी संक्रमितसहित नवौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्