ला लिगा : बार्सिलोनाले पहिलो खेल रियल मालोर्कासंग खेल्ने



एजेन्सी : बार्सिलोनाले रियल मालोर्कासंग खेल्दै ला लिगाको खेल सुरु गर्ने भएको छ।

कोरोनाका कारण स्थगित खेल पुन सुरु हुँदै गर्दा बार्सिलोनाले लिगको पहिलो खेलमा रियल मालोर्कालाई प्रतिद्धन्दीको रुपमा पाएको हो।

नयाँ तालिका अनुसार बार्सिलोनाले जुन १३ मा रियल मालोर्कासंग प्रतिस्पर्धा गर्नेछ । यस्तै, अबरुद्ध सिजनको पहिलो खेलमा रियल बेटिस र सेभिल्ला भिड्नेछन् ।

यस्तै, बार्सिलोनाले जुन १६ मा लेगानेसलाई आतिथ्यता प्रदान गर्दा रियलले जुन १८ मा घरेलु मैदानमा भ्यालेन्सियासंग खेल्नेछ । आयोजकले सुरुवाती दुई चरणको मात्र खेल तालिका सार्वजनीक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्