घरमै खानेपानीको धारा ल्याउन १ करोड ४८ लाखको जनश्रमदान



म्याग्दी : पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७ ताकमका स्थानीयले घरघरमा खानेपानीको धारा ल्याउन १ करोड ४८ लाख बराबरको जनश्रमदान गरेका छन् । 

गाउँघरमा रहेका सार्वजनिक धारा तथा कुवाको प्रयोग गर्दै आएका तामकबासीले सरकारी अनुदान बाहेक जनश्रमदान गरेर कोठखोला खाने पानी तथा सरसफाइ उपभोक्ता समिति मार्फत घरदैलोमै खानेपानीको धारा ल्याउन लागेका हुन् । 

नेपाल र फिनल्यान्ड सरकार, धवलागिरी गाउँपालिकाको वडा नं ७ कार्यालय र स्थानीय उपभोक्ताको आर्थिक तथा जनश्रमदानमा पश्चिम नेपाल ग्रामीण खाने पानी तथा सरसफाइ परियोजना सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्