कारागारमा बन्दी गृह र बाटोको समस्या, महिला बन्दी गृहमा पुरुष !



कैलाली : बैतडीमा क्षमता भन्दा दोब्बर कैदी भएका कारण महिलाका लागी बनाइएको घरमा पुरुष कैदीलाई राखिएको छ । २०४० सालमा स्थापना भएको कारागार १५ पुरुष र १० महिला क्षमताको हो । 

अहिले कारागारमा ४० जना कैदी र १५ जना थुनुवा रहेका छन् । जसले गर्दा महिला थुनुवा र कैदीलाई राख्न समस्या भएको कारागार बैतडीका निमित्त जेलर अनिल तिवारीले जानकारी दिए । 

कारागारमा खाने पानी र विद्युत्को पनि समस्या छ । अर्काको घरको मिटरबाट पानीको मोटर जोडेर काम चलाउने गरिएको तिवारीले बताए । 

कारागारसँग आफ्नै सवारी साधनसमेत छैन । कैदीहरूलाई अदालत या अस्पताल लान परे हिँडाएर लैजानुपर्दा निकै समस्या हुने गरेको छ । कारागारदेखि अदालत, जिल्ला प्रशासन कार्यालय र अस्पताल तीन÷ चार किलोमिटरको दुरीमा पर्छ ।

कारागार व्यवस्थापन कार्यालयमा महिला बन्दी गृह र बाटो निर्माणका लागि पटक पटक आग्रह गरिएपनि सुनुवाइ नभएको जिल्ला कारागार बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्