गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि, पर्वतमा पहिलो पटक संक्रमित फेला



काठमाडौं : गण्डकी प्रदेशको स्याङ्जा र पर्वतमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले स्याङ्जामा पाँच र पर्वतमा पाँच जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार स्याङ्जा चापाकोटका नगरपालिकाका २२, २६, ३२ र ४० का ४ जना पुरुष र स्याङजा विरुवा गाउँपालिकाका २० वर्षीय पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पर्वत जिल्लामै पहिलो पटक कोरोना संक्रमित व्यक्रि फेला परेको छ ।

मंगलबार पर्वत फलेबास नगरपालिकाका २० र ४० वर्षीय पुरुष, महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको डा शर्माले जानकारी दिए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

जसमध्ये बागलुङमा २ र लमजुङका एकजना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका बागलुङ, स्याङ्जा, लमजुङ, तनहुँ, नवलपुर, पर्वत, म्याग्दी गरी ७ जिल्लामा कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्