बैतडीको क्वारेन्टाइनमा २२ वर्षीया किशोरीको मृत्यु



बैतडी : बैतडीको क्वारेन्टाइनमा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया किशोरीको सोमबार राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार उनी केही दिनअघि मात्रै भारतबाट आएकी हुन् ।

ती युवतीले दमको उपचार गराइरहेको प्रारम्भिक जानकारी पाएको निरीक्षक चन्दले बताए ।

जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ । उनको परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्