लकडाउन गरेर सरकार सुतेको वीरगन्ज व्यापारीको अरोप



वीरगन्जः देशको प्रमुख आर्थिक नगरीको रुपमा रहेको वीरगन्ज बजार लकडाउनले थेक्न नसक्ने भएको छ ।

दुई महिनाको लगातार लकडाउनले अर्थतन्त्रनै प्रभावित हुन थालेपछि वीरगन्ज व्यापारीहरुले सरकार सुतेको अरोप लागएका छन् ।

तर उनीहरुले लकडाउनको उलंघन गर्दै आ-आफनो पसल खोल्न थालेका छन् । लकडाउनको पालना गर्दै सोमबारसम्म बन्द यहाँका सम्पूर्ण बजार व्यवसाय मंगलबार बिहान देखि नै खुलेका छन् ।

समाजिक दुरीलाई कायम गर्दै व्यापारीहरुले आ-आफनो कपडा पसल, जुत्ताचप्पल पसल, हार्डवेयर, ईलेक्टोनिक्स लगायतका अन्य खुद्रा पसलहरु खुल्ल थालेका हो । स्थानीय प्रशासनले वीरगन्जमा लकडाउनमा औषधीका पसल २४ सै घण्टा र किराना, खाद्यान्न, दुध, पानी लगायतका अत्यावश्यक वस्तुका पसल बिहान साढे ८ बजे सम्म मात्रै खोल्न दिने निर्णय थियो । यी बाहेकका अन्य पसल भने खोल्न नपाइने स्थानीय प्रशासनको निर्देशन छ ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि अन्य कुनै विकल्प नअपनाइ लकडाउन मात्रै लम्ब्याउदै आएकोले व्यपार व्यवसाय धरायशी भइ भोकै मर्नु पर्ने अवस्था आएको भन्दै व्यपारीहरुले पसलहरु आजदेखि खोलेका हुन् । यसअघि सोमबार वीरगन्जमा व्यपारीहरुले वीरगन्जको माइस्थानमा लकडाउनको विकल्प दिइ पसल खोल्न दिनु पर्ने माग गर्दै प्रदर्शन प्लेकार्ड प्रदर्शन गरेका थिए ।

हिजोको तुलनामा वीरगन्ज बजारमा आज निक्कै चहल पहल पनि बढेको छ । स्थानियहरु आजित भएर लकडाउनको उलंघन गर्दै आ-आफनो कामकाजमा फर्केका छन । सरकारले पनि लकडाउनबाट प्रभावितलाई राहत उपलब्ध नगराएपछि बाध्यभएर आ-आफनो पसल खोलेर बसेको स्थानिय व्यापारीहरुको गुनासो छ ।

हामी पनि दुईमहिना देखि आफनो पसल व्यवसाय बन्द गरेर सरकारलाई सहयोग गरेकै छौ । पसल खोल्दा पनि समाजिक दुरी कायम गरेर एक-एक ग्राहकलाई मात्र भित्र पस्न दिएका छौ वीरगन्ज माईस्थानका ईलेक्ट्रीक पसल थापेका सन्तोष सर्राफले भने, प्रहरी प्रशासनले पनि आज केहि छुट दिएर सहयोग गरेका छन त्यसको लागि धन्यबाद छ ।

बैंक व्याज र पसलको भाडा माफ गराउँन सरकार संग माग पनि उनले गरे । उनले भने, सरकारले लकडाउन संगै बजारलाई व्यवस्थित बनाउँनु पसल खोल्न केहि समय तालिका बनाउँन आग्रह गरे । जसरी बुटवल, विराटनगर लगायतको ठाउँमा बजार खुल्न थालेको छ त्यसअनुसार पनि वीरगन्जमा तालिका अनुसार आलोपालो गरी किराना, कपडा, हार्डवेयर, ईलेक्ट्रोनिक्स लगायतको पसलहरु खोल्नु पर्ने बताए ।

पर्सा विद्युतिय व्यवसायी संघको संस्थापक अध्यक्ष सिताराम सर्राफले पूर्ण रुपमा पसल खोल्न सरकारले पहल नगरे बाध्य भई अभिराज्य भरी विरोध प्रदर्शन गर्ने चेतावनी दिए । उनले सरकारले हालसम्म सानो व्यापारीको लागि कुनै पहल गरेका छैन ।

महामारीको बेलामा बैंक, ट्रान्सपोर्ट तथा सरकारी कार्यालय कामकाज हुदा महामारी फैलिदैन ? सरकार संग प्रश्न गर्दै अध्यक्ष सर्राफले भने, सानो व्यापारी पसल खोल्दा कसरी महामारी फैल्छ । हामीपनि एउटा नियम कानुन बनाएर व्यवस्थित रुपमा एउटा स्टाफ राखेर पसल खोल्ने तयारी गरीरहेका छौ, दुईचार रुपैया कमाएर आफनो खर्च निकाल्न भनेका छौ ।

लकडाउन संगै सरकारले व्यवस्थापन गरेका कारण आम सर्वसाधारणमा आर्थिक समस्या आउँनु स्वभाविक नै तर जनता मारमा पर्दापनि सरकारले यसमा ध्यान नदिएको स्थानिय वीरगन्ज आर्दशनगरका व्याग व्यापारी धनश्याम मिश्राले आरोप लगाए । उनले भने, लकडाउन गरेर सरकार सुति सकेको छ, जनता के गरी खाने सरकारलाई कुनै मतलब छैन ।

कोरोना जाओस भाडमा अहिले हामी खाने जोगाडमा लागेका छौं समान खरीद गर्न आए पसल खोलेर बेच्छौ हामी । सरकारले लकडाउन बाहेक केहि काम नगरेको आरोप स्थानियले लगाउँन थालेको छन । वीरगन्ज आर्दशनगरकै अर्का व्यापारी सचिन अग्रवालले कोरोनालाई रोकथाम तथा नियन्त्रण गर्न लकडाउन बाहेक कुनै पहल कदम नचालेको बताए । उनले भने, बन्द गरेर समस्याको समाधान हुदैन सरकारले घरभाडा, स्टाफ खर्च, खाना देओस हामी एक बर्षसम्म पसल बन्द गरेर राख्छौ ।

लकडाउनले कोरोनालाई कुनै पनि हालतमा हराउँन सक्दैन थपे, कोरोनालाई औषधीले मात्र हराउन सक्छ र जसबम्म औषधी आउँदैन तबसम्म कोरोना हार्दैन र लकडाउनले पनि कोरोना हार्नेवाला छैन । हामीसग पसल खोल्नु बाहेकको विकल्प नै छैन । उनले भने, पसल खोल्नु हाम्रो रहर होईन बाध्यता छ । हामी संग पनि परिवार छ, बालबच्चा छ, चोरी गर्नु भएन पसल खोल्नै पर्छ त्यसको विकल्प छैन ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नतले व्यपारीले पसल खोलेर लकडाउन उल्लंघन गरेको बताए । संक्रमण नफैलिओस् भन्ने उदेश्यले नै लकडाउन गरिएको भन्दै उनले भने, व्यपारीलाइ केहि विकल्प दिन सकिन्छ कि भन्ने विषयमा उद्योग वाणिज्य संघसंग छलफल गर्छौ, त्यहाबाट आउने सुझाव जिल्ला स्तरबाट समाधान गर्छौ हाईने भने गृहमन्त्रालय मार्फत संघीय सरकारमा जाहेर गर्छौ ।

आशा छ, सकारात्मक पहल हुन्छ, सहायक प्रजिअ बस्नेतले भने, सरकारले आम जनताको हितको लागि नै लकडाउनको घोषणा गरेको थियो र आम जनता कै जीवन रक्षाको लागि नकारात्मक असन पर्न नदिनको लागि केहि परिमार्जन गरेर अगाडी बढछौं ।

प्रतिक्रिया दिनुहोस्