लिंग उत्तेजित नहुने समस्या कम गर्न के गर्ने ?



एजेन्सी : प्रायः पुरुषले कुनै न कुनै बेला भोग्ने गरेको समस्या हो, ‘इरेक्टायल डाइफङ्गसन’ अर्थात लिंग उत्तेजित नहुने समस्या । व्यक्तिका लागि यौन आधारभूत शारीरिक आवश्यकताका रुपमा रहेको छ।

तर यौन इच्छा हुँदाहुँदै पनि लिंग उत्तेजित नहुने समस्याले गर्दा धेरैको यौन जीवन सुखद हुन सकेको छैन । यसले गर्दा श्रीमान–श्रीमती तथा प्रेमीहरुबिचको सम्बन्धमा तनाव आउने गरेको छ । यो समस्या लम्बिँदै गएमा सम्बन्ध टुट्ने जोखिम पनि हुन्छ ।

पुरुषहरुमा सबैभन्दा बढी देखिने गरेको यौन समस्याका रुपमा रहेको ‘इरेक्टायल डाइफङ्गसन’ (इडी)बारे त्यति चर्चा हुने गरेको छैन । लाज तथा आफूमा रहेको समस्या बताउँदा अरुले नराम्रो दृष्टिले हेर्ने भयले अधिकांश पुरुषहरु यसको उपचार खोज्न लजाउँछन् ।

इरेक्टायल डाइफङ्गसनको समस्या समाधानका लागि औषधि, थेरापी तथा भ्याकुम डिभाइसको प्रयोगसहितका उपायः

इडीको समस्या उमेर बढ्दै जाँदा देखिने गर्छ भन्ने सामान्य बुझाई छ । तर युवा अवस्थामै पनि धेरै पुरुषमा यो समस्या देखिने गरेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ । पछिल्लो एक अध्ययनका अनुसार झण्डै एक प्रतिशत पुरुषमा ४० वर्षकै हाराहारीमा ‘टोटल इरेक्टायल डाइफङ्गसन’ अर्थात लिंग उत्तेजित हुँदै नहुने समस्या देखिने गरेको छ ।

यस्तै ७० वा त्यो भन्दा बढी उमेर भएपछि ५० प्रतिशत पुरुषमा इडीको समस्या देखिने गर्छ । अमेरिकामा भएको पछिल्लो एक अध्ययनमा त्यहाँका तीन करोड पुरुषमा कुनै न कुनै रुप या स्तरको इरेक्टायल डाइफङ्गसन रहेको छ ।

इरेक्टायल डाइफङ्गसनको समस्या समाधानका लागि औषधि, थेरापी तथा भ्याकुम डिभाइसको प्रयोगसहितका उपाय अपनाउन सकिन्छ । तर यसका लागि चिकित्सक तथा सेक्स थेरापिस्टको सहयोग तथा सल्लाह अनिवार्य हुन्छ ।

यस्तै आफ्नो विशेष ख्याल राख्ने अर्थात स्वस्थकर खाना खाने, व्यायाम गर्ने तथा तनावलाई व्यवस्थित गर्नाले पनि इरेक्टायल टाइफङ्गनको समस्याबाट मुक्ति मिल्ने युरोलोजिस्ट शेल्डन मार्कले बताएका छन् ।

(यो सामग्री वेबएमडीको सहयोगमा तयार पारिएको हो ।)

प्रतिक्रिया दिनुहोस्