नेपाल संस्कृत विश्वविद्यालयकाे टाेली बिनास्वीकृति क्यानडा गएकाे ठहर



काठमाडौँ : सरकारद्वारा गठित छानबिन समितिले नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी बिनास्वीकृति क्यानाडामा विश्व संस्कृत सम्मेलनमा सहभागी भएको ठहर गरेको छ ।

 

प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट जबर्जस्ती फर्काएपछि भ्रमण विवादित बनेको थियो । विश्वविद्यालयकै पदाधिकारीले कोइरालामाथि आरोप लगाउँदै छानबिन माग गरेका थिए ।

 

लगत्तै, प्रधानमन्त्रीको निर्देशनमा शिक्षा मन्त्रालयले ५ सदस्यीय छानिबन समिति गठन गरेको आजको कान्तिपुर दैनिकमा खबर छ । उपकुलपतिलाई फर्काएको विषयमा भने प्रतिवदेन मौन छ ।

 

भ्रमणमा गएकाहरुले आर्थिक बिनास्वीकृति १० लाख रुपैयाँ पेस्की लिएर आर्थिक दुरुपयोग गरेको पनि उल्लेख गरेको छ । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बरालको संयोजकत्वमा गठित समितिले प्रधानमन्त्री ओलीलाई प्रतिवदेन बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्