एट्लेटिको मड्रिडका फरवार्ड कोस्टालाई ६ महिना जेल सजाय



एजेन्सी : स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई ६ महिना जेल सजाय सुनाइएको छ। स्पेनको एक अदालतले कर छलीको आरोपमा जे ६ महिनाको जेल सजाय सुनाएको हो । यस्तै अदालतले उनलाई ४ लाख ८२ हजार पाउन्ड जरिवाना समेत गरेको छ ।

सन् २०१४ मा चेल्सी सरुवा हुँदा कोस्टाले १ मिलियन युरो भन्दा बढी राज्यलाई ठगेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्