एन्फा अध्यक्षलाई कारबाही गर्न संसदमा माग



काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई अविलम्ब निलम्बन गरि कारबाही गर्नुपर्ने माग संसदमा उठेको छ।

शुक्रबारको संसद बैठकमा बिशेष समय लिएर बोल्दै प्रतिनिधि सभाका सांसद प्रदीप यादवले मधेशीलाई राष्ट्रियता सिकाउने एन्फा अध्यक्षलाई अविलम्ब निलम्बन गरि कारबाही गर्न माग गरेका हुन् ।

उनले एन्फा अध्यक्ष शेर्पाले मधेशीलाई होच्याउने र सेनालाई समेत मुछ्ने काम गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्