बेन्फिकाको टिम चढेको बसमा आक्रमण : दुई खेलाडी घाइते



एजेन्सी : पोर्चुगिज क्लब बेन्फिकाको टिम चढेको बसमा आक्रमण हुँदा दुई खेलाडी घाइते भएका छन् । आक्रमणमा मिडफिल्डर जुलियन विगल र विंगर आन्द्रिजा जिभकोभिक घाइते भएको छन् । दुवै खेलाडीलाई लिस्बनको अस्पताल भर्ना गरिएको बताईएको छ ।

पोर्चुगिज लिग अन्तर्गत बिहिबार राति टोनडेलासँगको खेलपछि बेन्फिकाको टिम चढेको बसमा आक्रमण भएको हो । टोनडेलासँग गोलरहित बराबरीपछि लिस्बनमा टिम चढेको बसमा ढुंगामुढा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्