काठमाडौं तेक्वान्दोद्वारा खेलाडीलाई खाद्यान्न सहयोग



काठमाडौं : काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले डोजाङ र विद्यालयमा प्रशिक्षण गर्ने तेक्वान्दो खेलाडीलाई सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका काठमाडौं भित्रका तेक्वान्दो खेलाडीलाई सहयोग गरेको हो ।

कार्यसमितिका सचिव कुमार लामा घिसिङले लकडाउनका कारण समस्या परेका ७० परिवारलाई खाद्यान्न प्रदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्