एन्फा अध्यक्ष शेर्पामाथि कारबाहीको माग गर्दै राखेप उपाध्यक्षसमक्ष पत्र



काठमाडौं : चार जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कारबाहीको मागसहित राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई पत्र बुझाएका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले अध्यक्ष शेर्पालाई आवश्यक कारबाहीको माग राख्दै पत्र बुझाएका हुन् ।

एन्फा अध्यक्षले पछिल्लो समय स्वेच्छाकारी ढंगले व्यक्तिगत पूर्वाग्रह राखी व्यक्तिगत लाभ हासिल गर्दै एन्फा र समग्र फुटबलको हित विपरित काम गरिरहेको बताउँदै कारबाहीको माग पत्रमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्