प्रिमियर लिगको खेल तालिका सार्वजनिक



एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बरबाट सुरु हुने भएको छ । तीन महिनापछि फर्कन लागेको लिगको तीन चरणका खेल तालिका सार्वजनिक गरिएको छ।

जसमा १७ जुनमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलबीच खाली रंगशालामा खेल हुनेछ। सोहि दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीच खेल हुनेछ।

De Bruyne, Aubameyang, Mings and Lundstram

जुन १९ मा टोटनह्याम र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ। शीर्ष स्थानको लिभरपुले कोरोना भाइरसपछिको पहिलो खेल एभर्टनसँग जुन २१ आइतबार खेल्नेछ। यो खेलको भेन्यू भने तय हुने बाँकी छ।

म्यानचेस्टर सिटीले ९ दिन भित्र तीन खेल खेल्नेछ। सिटीले दोस्रो खेल जुन २२ मा वर्नली र तेस्रो खेल चेल्सीसँग जुन २५ मा खेल्नेछ। सिटीले चौथो खेल जुलाई २ मा लिभरपुलविरुद्ध खेल्नेछ।

तीन राउन्डको खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्