कतारमा आयोजना हुने विश्वकप छनोट अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव



काठमाडौं : एसियन फुटबल फेडेरसन (एएफसी) ले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र चीनमा आयोजना हुने एएफसी एसियन कप छनोट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव गरेको छ ।

कोरोना भाइरसका कारण स्थगित छनोट खेलहरु अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव अघि सारेको हो । एएफसीले सार्वजनिक गरेको प्रस्तावित मिति अनुसार म्याच डे ७ र ८ को खेलहरु अक्टोबर ८ र १३ मा हुनेछन् । यस्तै म्याचडे ९ र १० का खेलहरु नोभेम्बर १२ र १७ मा हुनेछ ।

छनोटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । समूह बी को नेपालले अवे खेल खेलिसकेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्