बुन्डेसलिगा : आज पाँच खेल हुँदै



एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) पाँच खेल हुँदैछ । कोरोनाको महामारीकाबीच जारी लिगमा आज ५ खेल हुन लागेको हो ।

लिग लिडर बायर्नले बायार लेवरकुसनको सामना गर्नेछ । लेवरकुसनको मैदानमा हुने खेल नेपाली समय अनुसार ७:१५ मा सुरु हुनेछ ।

यता डर्टमण्डले शनिबार राति नै हेर्था बर्लिनसँग खेल्दैछ । डर्टमण्डको मैदानमा हुने खेल राति १०:१५ बजे सुरु हुनेछ ।

बुन्डेसलिगा अन्तर्गत नै तेस्रो स्थानको लाइपजिगले पार्डाबोनसँग खेल्नेछ । यस्तै आइनट्राख्ट फ्रान्कफुर्टले माइन्जसँग खेल्दा फोर्टुना डुसलडोर्फले होफेनहाइमसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्