जातीय विभेदविरुद्ध लड्न बास्केटबल लिजेण्ड माइकल जोर्डनद्वारा १ सय मिलियन सहयोग



एजेन्सी : अमेरिकाका बास्केटबल लिजेण्ड माइकल जोर्डनले जातीय समानता र सामाजिक न्यायका लागि लडिरहेको समूहलाई १ सय मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएका छन् ।

एनबीए लिजेण्ड जोर्डनले एक विज्ञप्ति निकाल्दै जातीय विभेदविरुद्ध लड्न आगामी १० वर्ष भित्र १ सय मिलियन डलर खर्च गर्ने बताएका हुन् ।

जोर्डनले सहयोग गर्ने रकम जातीय भेदभावविरुद्ध लडिरहेको विभिन्न संस्थाहरुलाई उपलब्ध गराइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्