विश्व च्याम्पियन नासेर अस्थायी निलम्बित



एजेन्सी : बहराइनका धाविका सल्वा इद नासेर अस्थायी निलम्बनमा परेकी छिन् । प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) परिक्षण नगरेपछि नासेरलाई अस्थायी निलम्बन गरिएको हो ।

महिलाको ४ सय मिटरमा विश्व च्याम्पियन नासेर पछिल्लो १२ महिनामा तीन पटक डोपिङ परिक्षणमा अनुपस्थित भएकी थिईन । जसको कारण उनलाई अस्थायी रुपमा निलम्बन गरिएको हो ।

एक वर्ष भित्र ३ पटक डोपिङ परिक्षण गर्न असफल भए एथलेटिक्सको एन्टी डोपिङ नियम उलंघन गरेको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्