सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो : मन्त्री बस्नेत



गोरखा : गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले सरकारले काम गरेन भनेर भ्रम फैलाइएको बताएका छन् ।

 

गोरखाको भिमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले सरकारविरुद्ध भ्रम फैलाउने काम भएको बताएका हुन् ।

 

अहिले केही सञ्चारमाध्यम र राजनीतिक दलले सरकारले काम गरेन भनेर लान्छाना लगाउने काम भएको छ उनले भने, बजेट आएको भर्खरै मात्र हो, विकासको काम प्रक्रियामा हुन्छ 

 

मन्त्री बस्नेतले स्थानीय तहले ल्याएका बजेट कार्यान्वयनको प्रक्रिया रहेको बताए । पछिल्लो समयमा सरकारले जथाभावी कर वृद्धि गरेको भन्ने चर्को आलोचना भइरहेको भन्दै मन्त्री बस्नेतले कर उठाउने काम नियमित र कानून सङ्गतनै भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्