रंगभेदविरुद्ध बुन्डेसलिगा क्लबका खेलाडीको विरोध



एजेन्सी : बुन्डेसलिगा अन्तर्गत शनिबार भएको पाँच खेलको दौरानमा क्लबका खेलाडीले मैदानमा रंगभेदविरुद्ध सांकेतिक विरोध जनाएका छन् । लिग लिडर बायर्न म्युनिखले बायार लेवरकुसनविरुद्ध खेल्दा बायर्नका खेलाडीले ‘रेड अगेन्ट्स रेसिजम’ लेखिएको टिसर्ट लगाएका थिए ।

यस्तै बायर्नका खेलाडीले ‘ब्लाक लाइभ्स म्याटर’ लेखिएको आर्मब्याण्ड लगाएका थिए । बोरुसिया डर्टमण्ड र हेर्था बर्लिनका खेलाडीले खेल अघि संयुक्त रुपमा गोलो घेरा बनाएर घुँडा टेकेर सांकेतिक विरोध गरेका थिए ।

Image

डर्टमण्डका खेलाडीले ‘नो पिस,नो जस्टिस’, ‘युनाइटेड टुगेदर’  लेखिएको टिसर्ट लगाएका थिए ।माइन्जका स्ट्राइकर पिएर कुण्डेले आइनट्राख्ट फ्रान्कफुर्टविरुद्ध गोल गरेपछि घुँडा टेकेर विरोध जनाएका थिए ।

यस अघि इंग्लिस क्लब लिभरपुल, चेल्सी लगायतका खेलाडीले समेत घुँडा टेकेर सांकेतिक विरोध जनाएका थिए । अमेरिकी प्रहरीको नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युपछि अमेरिकामा रंगभेदी व्यवहारविरुद्धको आन्दोलन चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्